।
काठमाण्डौ,पशुपति विकाश कोषका सदस्य सचिव प्रकाशमणि शर्माले यो वर्षको महाशिवरात्रि पर्वका अवसरमा आठ लाखभन्दा बढी भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका बताउनु भएको छ। शर्माले शिवरात्रि पर्वमा नेपाल, भारतसहित विभिन्न देशबाट आएकामध्ये आठ लाख भक्तजनले मन्दिरभित्र प्रवेश गरी पूजाआराधना गरेको जानकारी दिन भयो ।
उहाँका अनुसार श्रद्धालुलाई सहज रूपमा पूजाआराधनाका लागि सम्पूर्ण रूपमा व्यवस्थापकीय पक्षलाई ध्यान दिँदा सहज भएको छ । उहाँले भन्नुभयो, “मन्दिर प्रवेश गर्न लाइनमा बसेका भक्तजनलाई चाँडै पूजाआराधना गर्ने व्यवस्था मिलाउनका लागि विशेष ध्यान दिइएको थियो ।”









