सिंहदरबारमा बस्यो केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौँ । गृह मन्त्रालय, सिंहदरवारमा आज केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।
बैठक गृहमन्त्रीको अध्यक्षतामा बसेको हो र यसमा निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन तथा आगामी निर्वाचनको तयारी अवस्थाबारे छलफल भएको जनाइएको छ
बैठकमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारीहरू, सातै प्रदेशका प्रधान सचिवहरू प्रदेश कमाण्ड पोस्टमार्फत र चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरू उपस्थित भएका थिए ।
बैठकको मुख्य एजेण्डा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने विषयमा सुरक्षा तयारी, समन्वय र कार्ययोजनाको समीक्षा गर्नु रहेको बताइएको छ।

LEAVE A REPLY