जय ट्रफीमा बागमती प्रदेश र आर्मीबीचको खेल ‘ड्र’

बागमतीले दोस्रो इनिङमा ११७ रनको अग्रता बनाएपछि आर्मीले ५ ओभरमा ४ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा दिनको खेल सकिएको थियो।
खेलमा बागमतीका आशुतोष घिरैयाले ७६ र रित गौतमले ५६ रन बनाए भने सन्दीप लामिछानेले ३ विकेट लिए।
१२ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल ‘ड्र’ भएको छ ।
मंगलबार दोस्रो दिनको खेल सकिँदा कुनैपनि टोलीबाट जितको नतिजा निस्कन सकेन । बागमतीले दोस्रो इनिङमा ११७ रनको अग्रता बनाएपछि तेस्रो सत्रको अन्त्यतिर ११८ रनको लक्ष्य पछ्याउन आएको आर्मीले ५ ओभरमा ४ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा दिनको समाप्ति भयो ।
ओपनर तृतराज दासले १६ तथा भीम सार्कीले ११ रन बनाए । कुशल मल्ल ९ रनमा आउट भए । बागमतीका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने बिपिन आचार्यले १ विकेट लिए ।
त्यसअघि दोस्रो इनिङमा ९३ रनले पछाडि परेको अवस्थाबाट बागमती प्रदेशले ३ विकेट गुमाएर २१० रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो
बागमतीका लागि आशुतोष घिरैयाले ७६ तथा रित गौतमले ५६ रन बनाए । इशान पान्डेले अविजित ४१ रन बनाए । उत्तम मगरले १३ रन बनाए ।
आर्मीका बसिर अहमदले २ तथा पवन कार्कीले १ विकेट लिए ।
खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पहिलो इनिङमा आशुतोष घिरैया र इशान पाण्डेको अर्धशतकमा २५९(७ रन बनाएको अवस्थामा इनिङ घोषणा गरेको थियो ।
आशुतोषले ७७ तथा इशानले ६९ रन बनाए । बिबेक मगरले ३१ रन बनाए । रित गौतम र शुभ कंसाकारले समान २० रन बनाए ।
आर्मीका शाहब आलमले ३ विकेट लिँदा नरेन साउदले २ तथा कुशल मल्ल र बसिर अहमदले १—१ विकेट लिए ।
जवाफमा आर्मीले पनि बलियो योगफल बनायो। आर्मीले ६९.३ ओभरमा ३५२—७ को अवस्थामा इनिङ घोषणा गरेको थियो । भीम सार्कीले ७४ अनि नरेन साउदले ६६ रनबनाए । कप्तान विनोद भण्डारीले ४० रन बनाए ।
बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले २—२ तथा बिपिन आचार्य र इशान पान्डेले १—१ विकेट लिए ।

LEAVE A REPLY