काठमाडौँ । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ दुई हजार ४१५ मत दिएर जिताए तर शपथ लिन भने पाउदैनन् । ा गुरुड.लाई समाज कल्याण परिषदको जग्गा भाडामा अनियमितता गरेको आरोप लागेको छ। त्यसैले गुरुङ विजयी भएपनि उनले सांसदको शपथ लिन भने नपाउने भएका हुन। यसले गर्दा गुरुड.माथि मनाड.का जनताले गरेको विश्वास खेर जाने देखिएको छ ।
विशेष अदालतले २०७९ फागुन १५ मा गुरुङलाई भ्रष्टाचारको मतियारमा दोषी ठहर गर्दै उनीबाट एक करोड २१ लाख रुपैयाँ असुल्नुपर्ने फैसला गरेको थियो । हाल गुरुङको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।









