काठमाडौँ । इरानले इराकस्थित अमेरिकी राजदूतावासमा मिसाइल आक्रमण गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मिसाइलले दूतावासको भवनमा प्रहार गर्दा धुवाँ उठेको देखिएको छ, तर क्षतिको विस्तृत विवरण आएको छैन । एसोसिएटेड प्रेसका अनुसार मिसाइलले दूतावास परिसरको हेलिप्याडमा प्रहार गरेको छ ।









