आज बस्ने रास्वपाको सचिवालय बैठकले समानुपातिक उम्मेदवार सिफारिस गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को सचिवालय बैठक आज बस्दै छ । समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्न लागेको प्रवक्त्ता मनिष झाले बताए । सभापति रवि लामिछाने अस्वस्थका कारण बैठकको समय र स्थान खुलाइएको छैन ।
आजको सचिवालय बैठकमा समानुपातिक उम्मेदवार सिफारिश सम्बन्धी विषय र वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन पार्टीको विधान सशोधन गर्ने विषय केन्द्रित भई छलफल हुने जनाइएको छ ।

LEAVE A REPLY