अध्यक्ष नारायण प्रसाद दाहालद्वारा ओली पिताप्रति श्रद्धाञ्जली

१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओली प्रति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
भक्तपुरको गुन्डुस्थित निवास पुगेर अध्यक्ष दाहालले आजआइतबार श्रद्धाञ्जली अर्पण गरेका हुन्
सो क्रममा उनले स्व .मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे । साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि प्रकट गरेका छन् ।
हार्दीक श्रद्धान्जली दिन प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुन्डु पुगेका थिए ।

LEAVE A REPLY