न्यायाधिस द्वय सुवेदी र पोख्रेलद्वारा रविसम्बन्धी मुद्दामा संशोधित निर्णय र २ माघको निर्णय पेस गर्न आदेश

५ चैत, काठमाडौं । सर्वोच्च अदालतमा रवि लामिछानेको मुद्दामा न्यायाधिस द्वय सारंगा सुवेदी र सुनिलकुमार पोख्रेलले महान्यायाधिवक्ताको संशोधित निर्णय र माघ २ को निर्णय पेस गर्न आदेश दिएको छ ।
गत ३० पुसमा महान्यायाधिवक्ता सबिता भण्डारी बरालले रवि लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् । तर, दुई दिनपछि २ माघमा भने लामिछानेसहित अरू सबै आरोपितहरूका हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन् ।
यद्यपि, सर्वोच्चमा ३० पुसको मात्रै निर्णय पेस भएको भेटियो । त्यसपछि न्यायाधीशद्वयले २ माघमा भएको निर्णय झिकाएर पेस गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेश अनुसार अब यो इजलासले रविको मुद्दा नहेर्न पनि सक्छ ।
इजलासले रविको मुद्दा हेर्न नमिल्ने न्यायाधीशबाहेक अरू न्यायाधीश भएको इजलासमा मुद्दा पेस गर्नू भनी आदेश गरेको हो ।
सर्वोच्चको यो आदेशले रविसम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने देखिएको छ ।

LEAVE A REPLY