कांग्रेस सभापतिले नैतिकता देखाए, अरु दल भने चुपचाप

काठमाडौं । जेनजी आन्दोलनका कारण २ वर्षअघि नै भएको प्रतिनिधि सभाको निर्वाचनमा पुराना दलहरुको सर्वनाक हार भएपछि नैतिकताका आधारमा कांग्रेस सभापति गगन कुमार थापाले सभापति पदबाट राजिनामा दिँदा अन्य पराजित दलका अध्यक्षहरु भने चुपचाप बसेका छन् । लाचार भएर कुर्सीमै टासिईरहेका छन् । नैतिकताका आधारमा पदबाट राजिनामा दिएर अरुलाई काम गर्न मौका दिनुपर्ने भए पनि पद ओगटी रहनु सान्दर्भिक होइन ।
निर्वाचनमा पराजित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजिनामा दिन एमाले भित्रैबाट दबाब आइरहँदा ओली भने चुपचाप छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, राप्रपा र मधेशी दलका अध्यक्षहरुले पनि राजिनामा दिएका छैनन् । पार्टीले हार्नुको जिम्मेवारी आफ्नै कारण हो भन्न सकेका छैनन् भने अन्य नेता कार्यकर्ता पनि नेतृत्वलाई राजिनामा दिन दबाब दिन सकेका छैनन् । पार्टी सञ्चालनमा भएका कमीकमजोरीका कारण आफ्नै दलका नेताकार्यकर्ताले रास्वपामा भोट दिएर अन्तरघात गरे । अन्तरघात गर्नुपर्ने कारण पार्टी प्रमुखको कार्यशैली मन नपर्नु नै हो भनेर भन्दै आएका छन् । कुराहरु जे जस्ता भए पनि दलका प्रमुखहरुले राजिनामा भने दिनै पर्दछ र निकास दिनै पर्छ भन्ने अडानमा सम्बन्धित दलका नेता कार्यकर्ताको अडान रहेको बुझिएको छ । गल्ती आफुहरु गर्ने, कारवाही तल्लो तहलाई गर्ने ?भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
यता एमालेमा नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्व नसच्चिए आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन् । कार्यशैली परिवर्तन नगर्ने हो भने पुराना सबै दल ‘सामूहिक मलामी’ जाने स्थितिमा पुग्ने उनको भनाई छ । उनले अभियान नेपालले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

LEAVE A REPLY