काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका केही आजीवन सदस्यको भत्ता रोकिने भएको छ । सर्वोच्च अदालतले यस्तो फैसला सुनाएको हो । प्रा।डा। बासुदेव त्रिपाठी सहित ११ जना सदस्यको भत्ता खारेज गरेको हो । सुविधा खारेज हुनेहरुमा प्रा।डा। बासुदेव त्रिपाठी, गंगाप्रसाद उप्रेती, चुडामणि रेग्मी, तीर्थ बहादुर श्रेष्ठ, तोया गुरुङ, तुलसी दिवसलगायतका व्यक्तिहरु छन् ।
घनेन्द्र ओझाले २०७९ सालमा रिट हालेका थिए । राज्यकोषबाट दोहोरो सुविधा लिन नपाइने माग थियो । २०७९ फागुन ११ गते भत्ता खारेज गर्ने निर्णय गरे पनि निर्णयको करिब ३ वर्षपछि सर्वोच्चले दोहोरो सुविधा खारेज गरेको हो । यससँगै अब राज्यकोषको करिब १ करोड रुपैयाँ सुरक्षित हुने भएको घनेन्द्र ओझाको भनाई छ । न्यायाधिश मनोज कुमार शर्मा र नृपध्वज निरौलाले अब प्रतिष्ठानको पुरानो निर्णय कार्यान्वयनमा आउने फैसला गरेका छन् । पहिले सर्वोच्चले भत्ता नरोक्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको निर्णयसँगै पेन्सन र भत्ता लिन पाइने छैन । सर्वोच्चको यो निर्णय कडाइका साथ लागू गर्नुपर्ने ओझाको भनाई छ ।







