हारपछि नेताहरुमा शंका–उपशंका

भोजकुमारी खड्का
निर्वाचनमा अप्रत्यासित रुपमा पराजय भोग्नु परेपछि कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, मधेशी दलहरु आफ्नो नेता, कार्यकतामाथि शंका, उपशंका गर्दै अन्तरघातगर्नेहरुलाई साधारण सदस्यतासम्म नरहने गरी पार्टीबाट निकाल्ने बताईरहेका छन् । मधेशी दलहरुले बिउ पनि जोगाउन सकेनन् तर पनि बालेन प्रधानमन्त्री हुने भएपछि आफ्ना मागहरु सम्बोधन हुनेमा ढुक्क छन् । राप्रपाले बिउ जोगाएको छ । साना दलहरुभन्दा पनि कुनै बेला दुई तिहाई नजिक मत ल्याएर चुनाव जित्ने तत्कालिन माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेभित्र व्यापक असन्तुष्टि चुलिएको छ । उनीहरु आफ्नो दलको हारको कारण पत्ता लगाएर सुध्रिनुभन्दा नेताकार्यकर्ताले अन्तरघात गरेको भन्दै कारवाही गर्न पट्टि उन्मुख छन् । यी दलहरुले यस्ता गतिविधि गरे भने बिउ जोगाउन पनि हम्मे पर्ने विश्लेषकहरु बताउछन् ।
पुराना दलको हारको कारण विगतमा जनतालाई ढाँट्नुरनिर्वाचनमाटिकटवितरण प्रतिको असन्तुष्ट नै प्रमुख कारक हुन सक्ने विश्लेषण गरिएको छ ।विगतमा विचार नमिल्ने पार्टीहरु जस्तो एमाले र कांग्रेस, एमाले र माओवादी,माओवादीरकांग्रेसबीच सत्ता प्राप्तिका लागि गठबन्धन गरेर सरकार सञ्चालन गरेको र त्यस्तो सरकारले परिणाममुखी काम गर्न नसक्दा सम्बन्धित दलका असन्तुष्ट नेता तथा कार्यकर्ता र निष्पक्षी सर्वसाधारणले उनीहरुलाई विश्वास नगरी नयाँ दल रास्वपामा विश्वास गर्दा धेरै मतान्तरमा हारजित मात्र भएन, दुईतिहाई नजिकको बहुमत प्राप्त भयो । मतदाताले गरेको विश्वास पुरा गर्न सक्छन् वा सक्दैनन् त्यो समयले बताउला ।
पुराना दलको पराजयको कारण पार्टीमा गुट उपगुट सृजना हुनु, टिकट पाउनुपर्ने व्यक्तिले नपाउनु र धेरै दलको एकता हुनु पनि हो । जस्तो एमालेमा ओली गुट र पोख्रेल गुट हुनु । नेपाली कांग्रेसमा देउवा गुट, गगन गुट र शेखर कोइराला गुट हुनु र नेपाली कम्युनिष्ट पार्टीबीच स्वार्थका लागि धेरै मन नमिल्ने दलह्रुबीच एकता हुनु र निर्वाचन अगाडि नै पार्टी फुटको रेखा कोरिन थाल्नु
हो ।
निर्वाचनमा सम्बन्धित दलसँग कट्टर बोहक अन्य स्वतन्त्र दल र सबन्धित पार्टीसँग असन्तुष्टहरुले रास्वपालाई भोट ओइर्याउँदा ३ गुणा देखि झण्डै चार गुुणा मतान्तरको फरकमा हारजित भएको हो । चर्को प्रतिस्पर्धाबीच थोरै मतान्तरले हार हुँदा सहानुभूति राख्ने ठाउँ हुने थियो तर अब त्यसो हुने अवस्था आएन । त्यसैले पराजित दलहरुले सच्चिनुको विकल्प छैन । आफु नसच्चिने अनि अर्कालाई दोष लाउने प्रवृत्तिले आगामी ५ वर्षपछि निर्वाचनमा बिउ जोगाउन पनि मुस्किल पर्ने देखिन्छ ।
यस पटकको निर्वाचनमा रास्वपाले सम्मानजनक मत पायो भने पुराना दलले लज्जास्पद रुपमा मत प्राप्त गरे ।
रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सिट प्राप्त गरी दुईतिहाई नजिक पुगेको छ । त्यसैगरी अघिल्लो निर्वाचनमा ठूलो दल बनेको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट प्राप्त गरेको छ । त्यसैगरी कुनै बेला ठूलो दल बनेको नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी २५ सिट प्राप्त गरेको छ । त्यस्तै कुनैबेला दुईतिहाई सिट प्राप्त गरेर बलियो जनाधिकार प्राप्त गरेको तत्कालिन माओवादी केन्द्र हालको नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षमा ८ र समानुपातिकमा ९ सिट प्राप्त गरी चौथो पार्टी बनेको छ । भरखरै जन्मिएको श्रम संस्कृति पार्टीले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी जम्मा ७ सिट प्राप्त गरेर राष्ट्रिय पार्टी बनेको छ । उसले पाचौं स्थान कायम गरेको छ भने राप्रपाले बिउ जोगाएर संसदमा ५ सिट प्राप्त गरी छैठौं स्थान प्राप्त गरेको छ । स्वतन्त्रले १ सिट प्राप्त गरेको छ । यसरी हेर्दा पुराना दलको लज्जास्पद हार भएको छ । जनताले नरुचाएपछि कसको के लाग्छ रु

LEAVE A REPLY