मन्त्री टुंग्याउन बारे रवि—बालेन बीच छलफल हुदै

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज साँझ संसदीय दलको नेतामा बालेन्द्र शाह बालेनलाई चयन गरेको छ । भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको शपथ गर्दैछन् ।
रास्वपाले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको छ । त्यसअघि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ लनेता बालेन मन्त्री छनोटबारे छलफलमा जुट्दैछन् ।
बनस्थलीस्थित पार्टी कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकपछि सभापति र वरिष्ठ नेता एउटै गाडीमा निस्किएका छन् । उनीहरू मन्त्रीको नाम टुंग्याउन छलफलमा जुट्न लागेका हुन् । तर उनीहरूको छलफल कहाँ हुँदैछ भन्ने खुलाइएको छैन ।
‘दुई नेताबीच मात्रै छलफल हुँदैछ’ स्रोतले भन्यो ।

LEAVE A REPLY