संसद सचिवालयद्वारा सांसदहरुलाई सम्पत्ति विवरण बुझाउनेसूचना जारी

काठमाडौं । संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।A
भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूले शपथ लिएको मितिबाट ६० दिनभित्र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउनुपर्ने सचिवालयले जनाएको छ ।
ऐनको दफा ५० मा सार्वजनिक पद धारण गरेका व्यक्तिले सम्पत्ति विवरण तोकिएको निकायसमक्ष अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
सचिवालयका अनुसार सांसदहरूले जेठ १० गतेभित्र संसद सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखामा विवरण बुझाइसक्नुपर्नेछ ।
सम्पत्ति विवरणगोप्य गोप्य नहुने जनाइएको छ ।
विवरणमा सांसदको नाम, निर्वाचन क्षेत्र, स्थायी ठेगाना, मोबाइल नम्बर लगायतका आधारभूत जानकारी उल्लेख गर्नुपर्नेछ ।
त्यसैगरी, बुझाइने सम्पत्तिको विवरणमा सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण समावेश गर्नुपर्ने सचिवालयले स्पष्ट पारेको छ ।

SHARE
Previous article
Next article

LEAVE A REPLY