कांग्रेसले वैशाख ४ गते ससदीय दलको नेता चयन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख ४ गते छान्ने भएको छ।
कांग्रेसको निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीले वैशाख ३ गते सहमति प्रयास गर्दा नजुटेमा ४ गते निर्वाचन गर्ने तयारी भएको बताए ।
‘वैशाख २ गते निर्वाचन समितिको बैठक बसेर संसदीय दलको नेता चयनका लागि तालिका ल्याउने तयारी गरेका छौँ’, उनले भने, ‘वैशाख ३ गते सर्वसम्मतिका लागि प्रयास हुनेछ । त्यहाँ सहमति हुन नसकेमा चुनावबाट दलको नेता चयन हुन्छ।’
अहिले पार्टीका सबै नेताहरू प्रदेशगत निर्वाचन समीक्षामा खटिएकाले संसदीय नेता चयनमा ढिला हुन गएको उनले बताए ।a
कांग्रेसले अहिले फागुन २१ गते भएको निर्वाचनमा व्यहोरेको हारको देशव्यापी समीक्षा गरिरहेको छ।

LEAVE A REPLY