आजको मौसम यस्तो रहनेछ

काठमाडौँ । हाल देशभर पश्चिमी तथा स्थानीय वायु साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी र हिमाली भू—भागमा साधारणतया बादल लाग्ने छ।
महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू—भागको थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू— भागका एक(दुई स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू—भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
यस्तै आज राति देशका हिमाली भू—भागमा साधारणतया बादल लाग्ने, पहाडी भू—भागमा आंशिक बादल लाग्ने र तराई भू—भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू—भागका एक—दुई स्थानमा हल्का वर्षा–हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY