१२ वैशाख, काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने र पहिचान पछि अस्थाईरुपमा होल्डीङ सेन्छरमा लगेर राखिने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।
‘सुरुमा रंगशाला लगिन्छ । त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी छ’, भुसालले भने ।
उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान पनि गरिदै छ







