वास्तविक सुकुमवासीको सही व्यवस्थापन होस्

सम्पादकीय

विगतका एमाले, कांग्रेस, माओवादी दल नेतृत्वको सरकारले गर्न नसकेको काम रास्वपाका बालेन शाह नेतृत्वको सरकारले बहादुरीका साथ गरेको छ । बालेन शाह काठमाडौं महानगरपालिकाको नगरप्रमुखमेयर भएकै बेला पनि शाहले अहिलेको जस्तै गरी बागमती किनारका बस्ती हटाउने प्रयास नगरेका थिएनन् । तर पुराना दलको आड भरोसामा सुकुमवासीहरु बस्ति उठाउने कदम विरुद्ध खरो रुपमा उत्रिदा बस्ती हटाउने काम अधुरो रहेको थियो । तर अहिले सरकारको नेतृत्व नै तिनै बालेन शाहले सम्हालेपछि सुकुमवासीहरु बस्ती छोड्न बाध्य भएका छन् ।
सुकुमवासीका नाममा बागमति मनोहरा खोला किनार वरीपरीका जग्गा हडपेर अटेर गरी बस्नेहरु कति वास्तविक सुकुमवासी हुन् र कति हुकुम्वासी हुन भन्ने कुरोको सहि पहिचान हुन जरुरी छ । सहि पहिचानपछि वास्तविक सुकुमवासीलाई स्थायी बसोबासको व्यवस्था र हुकुमवासीहरुलाई सरकारी भूमि हडपेर बसे वापत कारवाहीसहित आफ्नै बासस्थानमा पठाउन जरुरी छ । सुकुमवासीको नाममा खोलाकिनार हडपेर बस्नेहरुमध्ये अधिकांश सुकुमवासी नभएको सहजै अनुमान गर्न सकिन्छ । सुकुमवासीको नाममा बस्नेहरुको काठमाडौंमा घरजग्गा, पुरानो बस्तीमा जग्गा जमिन प्रशस्त भएको खुल्न आएको छ । यसलाई कसरी सुकुमवासी भन्ने ? सुकुमवासीको मापदण्ड के हो भन्ने बारे प्रष्ट थाहा नहुँदा जग्गा सबैले हडप्ने आफुलाई सुकुमवासी भन्ने गरेका छन् । सोझो अर्थमा आफ्नो र बाबुबाजेका नाममा समेत भूमि नहुनेलाई सुकुमवासी भनिन्छ । तर बागमती किनारमा बस्ने अधिकांशले आफुलाई सुकुमवासी भन्दा सुकुमवासी भन्ने भाष्य नै विवादमा परेको छ । वास्तविक सुकुमवासी कति छन् भन्ने कुराको पहिचान गर्न तत्काल नसके पनि विस्तारमा सक्कली सुकुमवासी पत्ता लाग्ने नै छन् । तर अहिलेको परिप्रेक्ष्यमा आफुलाई सुकुमवासी भन्नेहरुमध्ये १० प्रतिशत चाहि वास्तविक सुकुमवासी होलान भनेर अनुमान गर्न सकिन्छ । वास्तवमा बाहिरका सक्कली सुकुमवासी काठमाडौं आएर त्यसरी बस्ने आँट गर्न सक्दैनन् पनि ।
नक्कली र सक्कली सुकुमवासीको पहिचानपछि नक्कलीहरुलाई आफ्नै घरबासमा पठाउने र सक्कलीहरुलाई स्थायी बसोबास, सुलभ शिक्षा, स्वास्थ्यको व्यवस्थापन गर्नु सरकारको दायित्व
हो । सुकुमवासी बस्ती उठाएर सरकारले राम्रो काम गरेको छ । नदी किनारमा छाप्रा, झुप्रा देखिदा काठमाडौं शहरकै शोभा गिरेको थियो भने ती स्थानमा बस्ने बासिन्दाहरुलाई हरेक वर्षामा उर्लिने नदीले बगाएर लाने जोखिम रहेको थियो । तर अब त्यस्ता जोखिमको अन्त्य हुने भएको छ । नगरपालिकाले ती बस्तीमा डोजर लगाएर बगैंचा, उद्यान, जस्ता शोभा बढाउने खालका भौतिक वस्तुको निर्माण गर्न पाउने भएको छ । यसबाट काठमाडौंको शोभा बढ्ने निश्चित छ । महानगरपालिकाले सडकका ठाउँठाउँमा विश्रामस्थलमा पाटी बनाउँदा बटुवाहरुलाई आराम गर्न र गाडी कुर्न सहज भएको मात्रै छैन, एकै प्रकृतिका पाटीले शोभा बढाएको छ । सडक किनारमा चौडा गर्दा पैदल यात्रीलाई हिड्न सजिलो भएको छ । यस्तै सुविधा अब खोला किनारमा बन्ने हुँदा काठमाडौंको शोभा थप हुनेछ । त्यसैले बबागमतीको अतिक्रमित बस्ती हटाउँदा सरकारको विरोध गर्नुको कुनै अर्थ रहँदैन । अब बागमती किनारबाट रिङरोड बनाउन पनि सहज हुने देखिन्छ ।

LEAVE A REPLY