भृकुटीमण्डपको छाप्रोले राजधानीको शोभा हरायो

सम्पादकज्यू
राजधानीको केन्द्र भागमा रहेको भृकुटीमण्डमा छापे्र पसलका कारण राजधानीको शोभा नै हराएको छ । समाज कल्याण परिषद मातहत रहेको भृकुटीमण्डपमा भएका छाप्रे पसलको स्तरोन्नती गरी चलाउने या हटाउने दुईमध्ये एक गरेर सो ठाउँको विकास गर्नुपर्ने जरुरी देखिएको छ । व्यापारीक स्थल नै बनाएर आम्दानी बढाउने की पार्क बनाएर रमणीय बनाउने यो मन्त्रालय वा समाज कल्याण परिषदको विचार हो । तर भृकुटीमण्डपलाई हेर्न लायक पार्न भने जरुरी देखिएको छ ।
वार्षिक करोडौंको लाभ लिइरहेको समाज कल्याणले अहिलेको भृकुटीमण्डपको अवस्थामा सुधार गरी वार्षिक अर्बौ रुपैया लाभ लिन नसक्ने होइन । तर त्यसप्रति ध्यान पुर्याउन नसरी यथास्थितिकै आम्दानीमा रमाइरहेको हो कि भन्ने तर्क पनि गर्न सकिन्छ । छाप्रे पसललाई स्तरवृद्धि गरी सुपरमार्केट बनाउने र अहिले पसल गरिरहेका व्यापारीहरुलाई पहिलो प्राथमिकता दिएर त्यसपछि अन्यलाई भाडामा दिँदा पनि व्यापारी र समाज कल्याण परिषद दुवैलाई फाइदा हुने र स्वदेश तथा विदेशका पर्यटकलाई लोभ्याउन सकिने काम हुने हुँदा यसतर्फ समाज कल्याण परिषदले विचार पुर्याउन जरुरी छ । बेलैमा विचार पुर्याउन नसक्दा भएका संरचनाबाट भाडा असुल गर्न बाँकी नै भएका समाचारहरु सञ्चारमाध्यममा प्रकाशित भैरहेका छन् । जो लज्जास्पद छ ।
रेवत कार्की
चावहिल, काठमाडौं ।

LEAVE A REPLY