विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

—सुनकुमार अवाल
विश्व प्रेस स्वतन्त्रता दिवस प्रत्येक वर्ष मे ३ मा मनाइन्छ। यो दिवस स्वतन्त्र र बहुलवादी प्रेसको महत्वबारे जनचेतना जगाउन र पत्रकारहरूमाथि हुने आक्रमणहरू रोक्नका लागि विश्वभर मनाउने गरिन्छ।
सन् १९९१ मा अफ्रिकी पत्रकारहरूले नामिबियाको विन्डहोकमा ुस्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहोक घोषणापत्रु जारी गरेका थिए। त्यसैको सम्झनामा संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९३ मा मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा घोषणा गरेको थियो।
यो दिवसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न, प्रेस स्वतन्त्रताको उल्लङ्घन भएका घटनाहरूको समीक्षा गर्न र आफ्नो पेसागत धर्म निभाउने क्रममा ज्यान गुमाउने पत्रकारहरूप्रति सम्मान व्यक्त गर्न सहयोग पुर्‍याउँछ।
यस वर्ष ९सन् २०२६० को नारा ूशान्तिमा भविष्य निर्माणस् मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताू रहेको छ।
आजकै दिन हरेक विश्वभर प्रेस स्वतन्त्रताको मूल्याङ्कन गर्न, सञ्चारमाध्यमलाई आफ्नो स्वतन्त्रतामाथिको आक्रमणबाट जोगाउन र आफ्नो पत्रकारिताको अभ्यासमा ज्यान गुमाएका पत्रकारहरूलाई श्रद्धाञ्जली दिने दिन पनि हो।
सन् १९९१ मा युनेस्कोको साधारण सम्मेलनको छब्बीसौं सत्रमा अनुमोदन गरिएको सिफारिसपछि सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले विश्व प्रेस स्वतन्त्रता दिवसको घोषणा गरेको थियो।
यो सन् १९९१ मा ऐतिहासिक विन्डहोक घोषणा गर्ने अफ्रिकी पत्रकारहरूको आह्वानको प्रतिध्वनि स्वरूप मनाइने दिवस पनि हो ।
यो वर्ष २०२६ को मे ३ मा संयुक्त राष्ट्र महासभाले प्रेस स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको ३४ वर्ष पूरा भएको छ ।

LEAVE A REPLY