ताप्लेजुङ, वैशाख २६ गते ।पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीराजेन्द्रमहतले ताप्लेजुङमा यतिबेला बेमौसमी हिमपात भएको बताउनु भएको छ । खासमा हिमपात जाडो मौसममा पर्ने भए पनि यसपटक बैशाखको अन्त्य नजिक पाथीभरा डाँडासहित जिल्लाको उच्च हिमाली भेगमा बाक्लो हिमपात भएको उहाँको चनाई छ ।
हिमाली जिल्ला ताप्लेजुङमा पछिल्लो केही सातायता वर्षा भने दिनहुँजसो भइरहेको छ । बर्खायाम सुरु भएसँगै वैशाख पछि वर्षा हुनु, हावाहुरी चल्नु र चट्याङ पर्नु स्वाभाविक मानिए पनि हिजोआज बेमौसमी हिमपात हुँदा भने अस्वाभाविकजस्तै भएको
छ।
जिल्लाको मिल्के जलजले क्षेत्र, मिक्वा खोलाको तोक्पेगोलालोदेनक्षेत्र,मानाभरासहित उच्च हिमाली भेगमा हिमपात भएको स्थानीयले पनि बताएका छन् । स्थानीयका अनुसार बेमौसमी हिमपातका कारण उच्च हिमाली भेगहरु सेताम्मे भएका छन् ।
यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि शुक्रबार राति बाक्लो हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार पाथीभरा धाम परिसरभन्दा निकै तल्लो भागसम्म नै हिउँ परेको छ । हिउँसँगै असिनासमेत परेको महतले जानकारी दिनुभयो ।








