काठमाण्डौ,नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको ३६ अर्ब रुपैयाँको ऋण दायित्व बढेर ५५ अर्ब पुगेको छ।
महालेखा परीक्षकको कार्यालयको ६३ औं वार्षिक प्रतिवेदन अनुसार, एयरलाइन्सले २०७० र २०७४ मा सरकारको जमानीमा ३६ अर्ब ऋण लिएको थियो।
साँवाब्याज भुक्तानी नगर्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने दायित्व क्रमशः ३१ अर्ब ३३ करोड र २१ अर्ब १२ गरी जम्माकरोड पुगेको छ।
आज शुक्रबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदनले यस्तो जनाएको हो । प्रतिवेदन अनुसार सरकारको जमानीमा एयरलाइन्सले २०७० र २०७४ सालमा दुई पटक गरी ३६ अर्ब ऋण लिएको थियो।
तर उक्त ऋणको तिर्नुपर्ने दायित्व बढेर अहिले ५५ अर्ब रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब ऋण लिएको थियो।
तालिका अनुसार साँवाब्याज भुक्तानी नगरेका कारण नेपाल एयरलाइन्सले तिर्नुपर्ने दायित्व सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड पुगेको छ। दुवै कोषको गरेर एयरलाइन्सको दायित्व ५५ अर्ब ४ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ।
Home अर्थतन्त्र कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने नेपालएयरलाइन्सर्कोे दायित्व कति?






