काठमाडौं । प्रहरीले एयर गनसहित सोक्सेम दोर्जे लामा पक्राउ गरेको छ ।
उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एयर गन बरामद गरेको छ। पक्राउ परेका दोर्जेमाथि थप अनुसन्धान भइरहेको कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए ।








