जेनजी आन्दोलनमा बालबालिकालाई ‘मानव ढाल’ बनाएकोः लिली थापाको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौको ुजेनजीु आन्दोलनमा बालबालिकालाई ुह्युमन शिल्डका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ ।
अनुसन्धानका क्रममा संकलित भिडियोहरूको विश्लेषण गर्दा उच्च पदस्थ व्यक्तिहरूले हिंसात्मक गतिविधिमा उक्साएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।
आन्दोलनमा उत्तेजक भूमिका खेल्ने ५४ जनाको पहिचान भएको र उनीहरूमाथि थप अनुसन्धान गर्न सिफारिश गरिएको सदस्य डा.लिली थापाले बताइन्
नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै आयोगद्वारा गठित ‘भदौ २३ र २४ गतेको आन्दोलन जाँचबुझ समिति’की संयोजक एवं आयोग सदस्य डा.लिली थापाले यस्तो बताएकी हुन् ।
थापाले आन्दोलनका क्रममा भएका गतिविधिहरू मानव अधिकारको दृष्टिकोणबाट गम्भीर रहेको बताइन् । प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भनी उठेका प्रश्नहरूको खण्डन गर्दै डा. थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरिएको स्पष्ट पारिन् ।
उनका अनुसार नेपाली सेनालाई घटनामा जिम्मेवार देखिएका कमाण्डरहरूलाई सचेत गराउन र आगामी दिनमा यस्ता कार्य नदोहोर्‍याउन निर्देशन दिन सिफारिस गरिएको छ
प्रधानमन्त्रीको नाम समावेश नगरिएको विषयमा स्पष्ट पार्दै उनले आफूहरु कसैसँग पनि नडराएको र गहन विश्लेषण र मानव अधिकारको दृष्टिकोणबाट मात्र रिपोर्ट तयार पारेको बताइन् । पीडित परिवारको पीडा र युवाहरूको मृत्युलाई आधार मानेर दोषीउपर सिफारिस गरिएको उनको भनाइ छ ।
जाँचबुझका क्रममा आयोगले ४३७ वटा भिडियो क्लिपहरूको अध्ययन गरेको थियो । ती भिडियोहरू वास्तविक हुन् वा कृत्रिम भन्ने छुट्याउन वाह्य विज्ञहरूको समेत सहयोग लिइएको थियो ।
परीक्षणका क्रममा करिब ३५ वटा भिडियोहरू वास्तविक पुष्टि भएको र तिनमा उच्च पदस्थ व्यक्ति तथा अभियन्ताहरूले हिंसात्मक गतिविधिमा उक्साएको प्रमाण भेटिएको बताइन् ।
आयोगकाअनुसार ती भिडियोहरूमा बालबालिकालाई अगाडि राखेर ‘ह्युमन शिल्ड’ बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशनहरू दिइएको पाइएको छ ।
आन्दोलनमा ‘प्रोभोकिङ’ उत्तेजक भुमिका देखिएका ५४ जना व्यक्तिको पहिचान गरिएको र उनीहरूमाथि थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ । तीमध्ये कतिपयले आफू संलग्न नरहेको दाबी गरे पनि प्रमाणका आधारमा उनीहरूको भूमिका सन्देहास्पद देखिएकाले पुनरावलोकन प्रक्रियामा लैजान सुझाव दिइएको पनि बताइन् ।

LEAVE A REPLY