हुन्डी कारोबारी प्रहरीको फन्दामा

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३५ वर्षीय मिङमारछिरिङ गुरुङ छन् ।
अस्थायी प्रहरी पोष्ट धुन्चे रसुवाबाट खटिएको प्रहरी टोलीले उनलाई गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे बजारबाट नियन्त्रणमा लिएको हो ।
स्याफ्रुबेसीबाट काठमाडौंका लागि छुटेको ना १ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार उनलाई शनिबार पक्राउ गरिएको थियो।
उनले बोकेको झोलाबाट एक हजार दरका नोट १ हजार ८४५ थान, ५०० दरका नोट २१३ थान, १०० दरका नोट ६ थान, गरी १९ लाख ५२ हजार १०० रुपैयाँ बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY