काठमाडौं । अभिनेत्री गौरी मल्ल आगामी फिल्म ‘मनबिनाको धन २’मा अनुबन्धित भएकी छन् । टंक बुढाथोकीले निर्देशन गर्ने मन बिनाको धन फील्ममा सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी लगायत अनुबन्धित छन् ।
किरण केसी, प्रकाश घिमिरे र शंकर श्रेष्ठ लगायत अनुभवी कलाकारले अभिनय गर्ने छन्।
अभिनेत्री मल्ल पछिल्लोपटक ‘पिताम्बर’मा देखिएकी थिइन् । भने, ‘पीआर’मा क्यामियो रोलमा देख्न पाइएको थियो । मल्ल पछिल्लो समय टेलिभिजन कार्यक्रममा पनि ब्यस्त छिन् ।
फिल्मको महत्वपूर्ण भूमिकामा मल्ललाई अनुबन्धित गरिएको जनाइएको छ । यो फिल्म टंक बुढाथोकी प्रोडक्सन ब्यानरमा निर्माण हुन लागेको हो । पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् ।
छायांकन भदौ पहिलो सातादेखि काठमाडौं उपत्यकासहित मुस्ताङमा हुने जनाइएको छ ।









