हाई—प्रोफाइल जोडिएको नक्कली शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ हेर्दा हेर्दैमा राखियो

काठमाडौं । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको मुद्दामा अन्तिम सुनुवाइ अगाडि बढेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि यो मुद्दामा सुनुवाइ अगाडि बढेको हो । बुधबारबाट सुरु भएको बहस हेर्दा हेर्दैमा राखिएको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
यो विषयमा तीन चरणमा मुद्दा दायर भएको थियो । सुरुमा २०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो । २०८१ वैशाख ९ गते र २०८१ साउन २९ गते बेचन झा, प्रतिक थापा लगायतविरुद्ध मुद्दा दायर भएको थियो ।
यो मुद्दामा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राईलाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ ।

LEAVE A REPLY