नक्कली भुटानी श्र्णाथी प्रकरणमा हाइप्रोफाइल व्यक्तिहरुलाई पनि झिकाउन पीडितहरुको निवेदन

२९ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनुवाइ शुरु भएका बेला केही हाइप्रोफाइल व्यक्तिहरुलाई पनि बयानमा बोलाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता भएको छ ।
तीन जना उजुरीकर्ताहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, पूर्वमन्त्री डा. आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई बयानका लागि झिकाउनुपर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गरेका हुन् ।
जाहेरीकर्ताहरु रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले उनीहरु बाहेक पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, पूर्वमन्त्री थापाकी पत्नी नैनकला थापा, पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसांसद अजय क्रान्ति शाक्य र काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेका छन् ।
उनीहरुले निवेदनमार्फत अदालतमा माग गरेका छन्, ‘उनीहरुले यस मुद्दाका प्रतिवादीहरुबाट रकम बुझी लिईएको प्रमाणित हुने विभिन्न डिभाईसहरु यस अगाडि नै सम्मानित अदालतमा बुझाइसकेको सम्बन्धमा निजहरुलाई नै अदालतमा उपस्थित गराई निजहरुको बयान बकपत्र मार्फत कानून बमोजिम प्रमाण मूल्यांकन गरी पाउँ ।’

LEAVE A REPLY