आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल देशभर उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ
महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोसी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भू(भागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोसी र मधेश प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भू(भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा पनि वर्षा हुन सक्ने छ ।
यस्तै आज कोसी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू(भागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत तराई भू(भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एकदुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

 

LEAVE A REPLY