को फिफा विश्वकप विजेताले इतिहासमै पहिलो पटक च्याम्पियनसिप रिंगु विजेता औँठी प्राप्त गर्ने भएका छन्। यो फिफाको इतिहासमा एक ऐतिहासिक सुरुवात हो।
यस औँठीको एकातर्फ फिफा विश्वकपको प्रसिद्ध ट्रफी अंकित हुनेछ भने अर्कोतर्फ विजेता टोलीको पहिचान झल्किने गरी विशेष डिजाइन गरिनेछ।
आगामी आइतबारका राति न्यू जर्सीको मेटलाइफ स्टेडियममा अर्जेन्टिना र स्पेनबीच विश्वकपको फाइनल खेल हुनेछ। सोही दिन विजेता टोलीलाई प्रतिष्ठित ट्रफी र स्वर्ण पदकसँगै जीतको नयाँ प्रतीकको रूपमा यो ुच्याम्पियनसिप रिंगु प्रदान गरिनेछ।
फिफाको कुनै पनि प्रतियोगितामा पहिलो पटक यस्तो औँठी दिन लागिएको हो। यो अमेरिकी खेलकुदको चर्चित परम्परा ९जस्तै एनबिए वा सुपर बउलमा दिइने औँठीबाट प्रभावित छ, जसलाई अब विश्व फुटबलमा पनि लागू गरिँदैछ।
प्रतियोगिताको वर्षलाई सम्मान गर्दै कुल २,०२६ वटा मात्रै औँठीहरू उत्पादन गरिनेछ। विजेता टोली ९खेलाडी र प्रशिक्षक० लाई प्रदान गरिनेछ। १,९९६ वटा औँठी विश्वभरका फुटबल समर्थकहरूका लागि बिक्रीमा राखिनेछ। यसले गर्दा फ्यानहरूले पनि विश्वकप २०२६ को इतिहासको एक अंश आफ्नो साथमा राख्न पाउनेछन्।
प्रत्येक औँठीमा छुट्टाछुट्टै नम्बर हुनेछ र यसको साथमा आधिकारिकताको प्रमाणपत्र समेत दिइनेछ।
फाइनल खेल सकिने बित्तिकै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई उत्सव मनाउनका लागि ुअस्थायी औँठीु दिइनेछ। त्यसपछि टोलीका ३० जना सदस्यका लागि उनीहरूको हातको सही नाप अनुसार विशेष रूपमा तयार पारिएको स्थायी औँठी पछि एक समारोहबीच हस्तान्तरण गरिनेछ।
यो औँठी उनीहरूको ऐतिहासिक उपलब्धिलाई सधैँभरि ताजा राख्ने एक अनमोल निशानी हुनेछ।









