पछिल्लो समय लामो समयदेखि परेको खडेरी, देशैभर लागेको डढेलो, धुलोयुक्त सडक, सवारी साधनको चाप वृछि, बढ्दो जनघनत्वलगायत विविध कारणले संघीय राजधानी विश्वकै प्रदुषित शहरका रुपमा सुचिकृत भएको छ । यद्यपी यो क्रममा कुनै बेला फेरबदल पनि हुँदै आएको छ । यसरी फेरबदल भएकै कारण हाम्रो स्वास्थ्यमा गम्भीर प्रकारको असर भने परेको छैन । यसलाई सौभाग्य नै ठान्नुपर्छ ।
प्रदुषणकै कारण मौसम सफा छैन । चर्किएको घाम वा मध्याह्नमा पनि अँध्यारो देखिन्छ । उपत्यका वरीपरीका डाँडा–काडा र हरियाली प्रष्ट रुपमा देख्न सकिँदैन । हवाई उडानमा पनि सहजता देखिएको
छैन । स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा श्वास प्रश्वासमा अवरोध आउला जस्तो हुने, आँखा पोल्ने, बढी गर्मी हुने लगायतका समस्या आउन थालेका छन् । यसबाट बच्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेर अनावश्यक रुपमा घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् । यस्तो प्रदुषण बढ्नुको कारण सुख्खायामसँगै बढेको खडेरी, तापक्रम वृद्धि र त्यसकाकारण मुलुकभर लागेको डढेलो नै भएको मौसम विद्हरुले बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ५३ जिल्लाका ४३६ स्थानका वनमा डढेलो लागिरहेको छ । डढेलो लाग्ने क्रम बढी रहेको छ । डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलोका कारण वायु प्रदुषण बढाउनमा डढेलोले सहयागे गरिरहेको छ । मूख्य भूमिका नै डढेलोको छ । यसैका कारण अहिले वायु प्रदुषण बढेर काठमाडौंलगायत मुख्य शहरको हावा अस्वस्थ बनेको छ । अझै खडेरी लम्बिएर केही दिन पानी नपर्ने हो भने वायु प्रदुषणकोस्तर अझ खतरनाक तहमा पुग्ने सुन्दर शर्माले बताएका छन् ।
त्यसैगरी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पनि तत्कालका लागि डढेलो निभाउने गरी र प्रदुषित हावा सफा गर्ने गरी पानी पर्ने सम्भावना नभएको बताएका छन् । महाशाखाका मौसम विद् गोविन्द झाका अनुसार केही ठाउँमा सामान्य वर्षाको सम्भावना देखिए पनि ठूलो वर्षाको सम्भावना देखिएको छैन । त्यसैले गर्दा यो प्रदुषण मात्रा कम नहुञ्जेल स्वयं सतर्क रही आफ्नो दैनिक कामकाजहरु गर्न सबै सर्वसाधारणहरु सजग बनौं ।

LEAVE A REPLY