भगाईएका जीबी राईलाई खोजीरहेका छौं ः—गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई खोजिरहेको जानकारी दिएका छन । चितवनमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा‍ भगाएको मान्छेलाई खोज्न समय लाग्ने बताए ।
सञ्चारकर्मीले उनलाई जीबी राई किन पक्राउ पर्न सकेनन् भनेर सोधेका थिए । जवाफमा उनले भने, भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले पक्राउ गर्न हर कोसिस भइरहेको बताए ।
त्यसो भए कसले भगायो त ? सञ्चारकर्मीको प्रश्नमा उनले भने, भाग्दाखेरी सरकारमा को थियो ?
उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको जनाए ।

 

 

LEAVE A REPLY