सरकारको नीति तथा कार्यक्रममा ओलीको अनुपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपस्थित भएनन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पूर्व प्रधानमन्त्री समेत रहेका ओली भने अनुपस्थितदेखिएका थिए।
अध्यक्ष ओली मंगलबार भृकुटी मण्डपमाभएको भ्रातृ संगठन अनेरास्ववियुद्वारा आयोजित ‘विद्यार्थी महोत्सव–२०८१’ मा पनि अनुपस्थित रहे ।
उनी स्वास्थ्यमा समस्या देखिएपछि उक्त महोत्सवमा उपस्थित हुन नसकेको बताइएको छ । महोत्सवको उद्घाटन समारोहमा स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष ओली उपस्थित हुन नसकेको जानकारी गराइएको थियो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा ओलीको अनुपस्थितीलाई चासोका साथ हेरिएको छ ।

LEAVE A REPLY