आज नेकपाएस केन्द्रीयकमिटीको बैठक समापन हुँदै

काठमाडौं।नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकआज मंगलबार सकिँदैछ।
जारी बैठकमा सोमबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक तथा सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदन पेस गरेका थिए।
यस्तै उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर यी प्रतिवेदनमाथि छलफल भइरहेको छ।

आज समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ।

LEAVE A REPLY