ओली द्धारा नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्‍याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन ।
पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन ।
उनले भने, ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेश बमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गर्दै रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त राखे।

LEAVE A REPLY