काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक अहिले विहान ११ वजे बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने सोबैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।
सभामुखले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरू मनोनयन गर्ने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति टेबुल गर्ने कार्यसूची रहेको छ ।
यस्तै राष्ट्रपति पौडेलले गत जेठ १ गते संघीय संसदको दुवै सदनमा गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभा बैठक बस्ने, नबस्ने अन्योल भने कायमै छ । बिहीबार साँझ सुरू भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमाले का सांसदबीच धकेलाधकेलको स्थिति सिर्जना भएको थियो ।
सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेतको संलग्नता देखिएको भन्दै कांग्रेसले संसदीय छानबिन बनाउन माग गरेको छ ।
यस्ता छन् सभावित ८ कार्यसूचीः–
संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज शुक्रबार११वजे बस्दै छ । बैठक दिउँसो १ ०ः १५ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् ।