अनमोल राइृले उचालिन मिस पिंकको उपाधि २०२४

काठमाडौँ । ट्रान्स वुमनहरुको बौद्धिक तथा सौन्दर्य प्रतियोगिता स्वरूप आयोजना गरिएको ‘मिस पिंक २०२४’ को उपाधिको ताज अनमोल राईले पहिरिएकी छन् । १८ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै राईले मिस पिंकको उपाधि उचालेकी हुन्। राईले १ लाख रुपैयाँ नगद पुरस्कार समेत पाएकी छन् ।
ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि आयोजना गर्दै आएको मिस पिंकको उपाधि विजेता राईले नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्ड जाने अवसर समेत पाउने भएकी छन् ।
त्यसै गरी
प्रतियोगिताबाट ७५ हजार रुपैयाँ राशिको फस्ट रनर अपको उपाधि सरोजी न्यौपानेले पाएकी छन्। ५० हजार रुपैयाँ राशिको सेकेन्ड रनरअपको उपाधि आरोही बस्नेतले पाएकी छन् ।
लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसर पारेर ब्यूटी ट्यालेन्ट प्रतियोगिताको फाइनल राउन्डहिजो बिहीबार नाचघरमा सम्पन्न भएको थियो ।
१८ जना प्रतिस्पर्धी मध्ये पहिलो चरणमा टप टेन सार्वजनिक गरिएको थियो। टप टेनमा सामाग्री बोगटी, आरोही बस्नेत, अनमोल राई, पल्लबी मगर, प्रियङ्का न्यौपाने, सायरा गुरुङ, अविना कटवाल, ल्याकमी गिरी, सरोजी न्यौपाने र सुदिप सुब्बा परेका थिए। टप टेनमा परेका मध्ये सुदिपा सुब्बा, अनमोल राई, प्रियङ्का न्यौपाने, सरोजी न्यौपाने र आरोही बस्नेत टप फाइभमा परेका थिए ।विजेता हरलाई हार्दिक बधाई ।

LEAVE A REPLY