प्रधानमन्त्रीको निमन्त्रणामा कांग्रेस शीर्ष नेताहरु बालवाटारमा

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । शनिबार बिहान प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र रमेश लेखक बालुवाटार पुगेका हुन् ।
उनीहरू बिहान ९ बजे बालुवाटार पुगेको कांग्रेस महामन्त्री गगन थापाको सचिवालयले जानकारी दिएको छ ।
कांग्रेसको अडानबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बालुवाटार बोलाएका हुन् । यसअघि हिजै तय भएको छलफल अन्तिम समयमा आएर स्थगित भएको थियो ।

 

 

LEAVE A REPLY