नेपाल राष्ट्रबैंकद्धारा मौद्रिक नीततिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन माकर्जाको जोखिमभार घटाउदै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारीसाधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिएको छ । यसले सवारीसाधन कर्जामा सहज हुने बताइएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था पनि गरेको छ ।
समीक्षामार्फत कर्जा नोक्सानी व्यवस्था पनि घटाइएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १।२५ लाई घटाएर १।२० प्रतिशत बनाइएको छ ।

घरजग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानी अनुपात कर चुक्ता प्रमाण पेश गरेका आधारमा ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिएको छ । चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने बताइएको छ ।

LEAVE A REPLY