परीक्षा र नतिजिा प्रकाशनममा केहि ढीला भएकै हो ः काउन्सिल प्रमुख यमनसिह बोहरा

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक परिषदएकेडेमिक काउन्सिलका प्रमुख यमन सिंह बोहराले विश्वविद्यालयमा कर्मचारी र प्राज्ञहरुको नियुक्तिमा ढिलाई भएका कारण परीक्षा र नतिजा प्रकाशनमा अपेक्षित रुपमा केही ढिलो भएको बताएका छन् ।
विश्वविद्यालयको प्रक्रिया, उपलब्ध जनशक्ति र विद्यमान कानुन अनुसार सहज र सरल रुपमा काम भइरहेको भएपनि बाहिरबाट हेर्दा ढिलासुस्ती देखिएको प्रतिक्रिया दिएका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयमा कर्मचारी र प्राज्ञहरुका लागि विज्ञापन ढिला भएको हिसाबले अपेक्षितभन्दा काम कारवाही ढिलो भएको छ । एकेडेमिक स्टाफहरु कम हुनुहुन्छ । दरबन्दी भन्दा कममात्र कर्मचारी भएका कारण पनि यस्तो समस्या भएको हो जस्तो लाग्छ ।
म आफैं पनि कर्मचारी नभइ आम जनताको तहबाट हेर्दा कामहरु अपेक्षित रुपमा नभएको जस्तो त लाग्छ । तर त्यो भित्रका प्रक्रिया र उपलब्ध जनशक्ति, साधन स्रोत र सबै किसिमको नियम कानुन हेर्दाखेरि अहिलेको स्थितिमा सहज र सामान्य रुपमा काम भइरहेको जस्तो लाग्छ ।’
अहिलेको अवस्थामा केही कर्मचारी पदपुर्ति भइसकेकाले अझै सरल र सहज हुँदै जाने विश्वास बोहराले व्यक्त गरे ।
शैक्षिक क्षेत्रबाट राष्ट्रको आवश्यक्ता परिपुर्ति गर्ने सवालमा त्रिभुवन विश्वविद्यालय अग्रपंक्तिमा रहेको दाबी गर्दै उनले नेपालका झण्डै ८० प्रतिशत विद्यार्थी लाभान्वित भइरहेका समेत बताए ।
उनले भने, ‘ यस विश्वविद्यालयका देशभर हालको अवस्थामा ६२ वटा आंगिक क्याम्पसहरु, चारवटा अनुसन्धान केन्द्र र अध्ययन संस्थानहरु छन् ।
टीयूको आफ्नै संरचना छ । यस विश्वविद्यालयले देशलाई आवश्यक पर्ने दक्ष शैक्षिक गुणस्तरीय जनशक्ति स्थापना गर्ने हो । गरिरहेको प्रमाण तपाइँ स्वयम देखिरहनु भएको छ । नेपालका झण्डै ८० प्रतिशत विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । समग्र देशको शैक्षिक क्षेत्रको विकास र उन्नयन गर्न ठूलो मद्दत गरेको छ ।’

 

त्यस्तै सहप्रशासक बोहराले हरेक क्षेत्र जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक हस्तक्षेप कायमै रहेको स्विकारे ।
राजनीतिक हस्तक्षेपका बाबजुद त्रिभुवन विश्वविद्यालय आफ्नै विधि, विधानले चलिरहेको उनको भनाइ छ ।

उनले भने, ‘राजनीतिले कर्मचारीतन्त्रको नियुक्ति र परिचालन गर्ने सन्दर्भमा कहीं कतै राजनीतिक हस्तक्षेप देखिन्छ । यसलाई कसरी पनि हेर्न सकिन्छ भने नेतृत्व भनेको कैंची चलाउने हो भने कर्मचारी भनेको कैंचीको धार जस्तै हुन् । नेतृत्वले जसरी चलाउनुहुन्छ कैंची त्यसरी नै चल्छ ।

त्यसैले अन्य क्षेत्रमा जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक प्रभाव नपरेको र राजनीतिले नछोएको त भन्न सकिदैन तर स्वायत्त संस्था भएकाले, आफ्नै नीति, नियम भएकाले आफ्नै गतिमा चलिरहेको छ । आफ्नै नीति अनुसार चलिरहेको छ ।’

विश्वविद्यालयमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै युग सुहाउँदो शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उनले भएको पाठ्यक्रमलाई मजबुत र परिष्कृत गर्दै लगिरहेको बताए ।
उनले भने, ‘समयसापेक्ष र युग सुहाउँदो शिक्षा प्रदान गर्न अहिले अध्ययन अध्यापन गरिदै आएको पाठ्यक्रममलाई परिष्कृत गरेर समयअनुसारको कोर्ष कन्टेनहरु बनाउने सवालमा त्रिभुवन विश्वविद्यालय पछि परेको छैन । समय अनुसार र अन्य मुलुकहरुमा पढाइने कोर्ष र पाठ्यक्रमहरुलाई आधार मानेर पनि त्रिविमा रहनुभएका एकेडेमिक फिल्डका प्राज्ञिकहरुबाट अर्थात जो आधिकारिक रुपमा दक्ष हुनुहुन्छ उहाँहरुबाट नियमानुसार अध्यापन गराइँदै आएको छ ।

नयाँ कन्टेन्टहरुको उत्पादन गर्ने, स्वीकृत गर्ने, अनुमोदन गर्ने, लागु गर्ने कुराहरु भइरहेको छ । त्यही अनुसार सम्बन्धित विषयका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।’

आम जनतामा नेपालमा एकमात्र त्रिभुवन विश्वविद्यलय रहेको भन्ने भान परिरहेको उल्लेख गर्दैै बोहराले विश्वविद्यालयभित्र पनि आफ्नै चुनौतिहरु रहेको सुनाए ’

LEAVE A REPLY