राप्रपाद्धारा कार्यकर्तालाई मध्यावधीको तयारीमा रहन निर्देशन

 

काठमाडौँ । राप्रपाले मध्यावधि निर्वाचनको आशंका गरेको छ ।राप्रपाको केन्द्रीय समितिको बैठकका निर्णय सार्बजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले मध्यावधि निर्वाचन हुनसक्ने भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

राप्रपाले यस अघि शुरु गरेको भूगोल केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष लिङदेनले बताए । साथै उनले आन्दोलनमा सहभागी नहुने नेता कार्यकर्तालाई पदबाट निकाल्नेसम्मको निर्णय बैठकले निर्णय गरेको बताए ।
साथै राप्रपाले सहकारी ठगि प्रकरणमा सरकारले प्रभावकारी काम गर्न नसकेको ठहर गर्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ । साथै राप्रपाले प्रतिपक्षको अवरोधका बीचमा संसद संचालन गरेकोप्रति भर्त्सना गरेको छ ।

LEAVE A REPLY