सत्ता प्रतिपक्षीदलहरु एकठाउँमा उभिन आवश्यकःउपेन्द यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकारको संरक्षणका लागि सत्ता प्रतिपक्ष दलहरु एक ठाउँमा उभिने बताएका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको सत्तारूढ दल नेकपा एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरूको छलफलबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने उनको भनाइ छ ।
समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै उनले प्रतिपक्ष राजनीतिक दलहरू एक हुने सहमति भएको बताए । यस्तै मधेश सरकारका बारेमा समेत विपक्ष दलहरु एक भएर अघि बढ्ने बताए ।

LEAVE A REPLY