लामो समयपछि वर्षा सुरु भएको छ । यससँगै विभिन्न रोगहरुको प्रकोप पनि बढ्न थालेका छन् । डेंगी सार्ने लामखुट्टे र नयाँ भेरियन्टको कोरोना ‘केपी१, केपी२ र केपी ३’ पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यसैगरी डेंगी सार्ने लामखुट्टे पनि मुलुकमा ५७ जिल्लामा फैलिईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी शाखाले जानकारी गराउँदै सचेतना अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ । तर कोराना भने विगतमा जसरी नै फैलिने हो भन्ने आशंका उत्पन्न हुन थालेको छ ।
केही समय अघि भारत, चीन, सिंगापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा फैलिइरहेको यो भेरियन्ट नेपालमा पछिल्लो पटक जिन सिक्वेन्सिङ गर्दा पुष्टि भएको जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाले केही महिनायता संकलन भएका नमूनाको जिन सिक्वेन्सिङ गर्ने क्रममा नयाँ भेरियन्ट पुष्टि भएको जनाएको छ ।
४२ वटा नमूनामा कोरोना भाइरस पुष्टि भएकोमा तीमध्ये १२ वटामा ओम्निक्रोन, केपी १ र १७ वटामा ओमिक्रोन बिए २ पुष्टि भएको जनाइएको थियो । त्यस्तै ७ वटा नमूनामा ओमिक्रोन बिए २ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । गत वैशाख महिनाभित्रको नमूनामा यस्तो ओमिक्रोन प्रजातिका भेरियन्ट नै फेला परेको राष्ट्रिय प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका प्रमुख डा।राजन भट्टले भेरियन्ट ओमिक्रोन प्रजातिकै रहेकाले कडा खालको र जनस्वास्थ्यमा असर नपानै बताएका छन् । कोरोना सामान्य खालको भए पनि डेंगी भने हिमाल, पहाड र तराई सबै ठाउँमा पाइन थालेकाले यसबाट बच्न शरीर नांगो नराख्ने, झुल टाँगेर सुत्ने । घर वरीपरी खाल्डाखुल्डीमा पानी जम्न नदिने, पानी स्टोर गरेका भाँडो छोपेर राख्ने लगायतका काम गरी डेंगीबाट बच्ने उपाय रच्न पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ । जनवायु परिवर्तनका कारण तराई भेगमा पाइने लामखुट्टे हिमाली भेगमा पनि पुगेको छ । त्यसैले त्यस क्षेत्रका सर्वसाधारणले पनि डेंगीबाट बच्ने उपाय र सतर्कता अपनाउन जरुरी देखिएको छ ।

LEAVE A REPLY