कति छन् भ्रष्टाचार गर्नेहरु?

काठमाडौं । देशको विभिन्न निकायमा भइरहेको भ्रष्टाचारमा जनताको सेवा गर्ने कसम खाएका शपथ लिएका राष्ट्रसेवक कर्मचारीहरु नै संलग्न रहेको देखिएको छ । यो क्रम बढिरहेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैनिक जसो कुनै न कुनै कर्मचारीमाथि मुद्दा दायर गर्न थालेपछि भ्रष्टाचारमा संलग्न भएका कर्मचारीको पर्दाफास हुन थालेको हो । २०८०÷८१को जेठको पहिलो सातासम्म भ्रष्टाचारमा संलग्न ४२९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । यसरी भ्रष्टाचारमा संलग्न हुने कर्मचारीमध्ये विशिष्ट श्रेणीका सचिवसरह ९ जना, सहसचिव वा सोसरह २३ जना, उपसचिव वा सीडिई वा सो सरह ५९ जना, शाखा अधिकृत, ईन्जिनियर १३५ जना रहेका छन् । यस्तै भ्रष्टाचारमा संलग्न अन्य कमैचारीमा लेखापाल ४३ जना, नासु, सव ईन्जिनियर वा सो सरह १२२ जना, जुनियर १२ जना र कार्यालय सहयोग २ जना रहेका छन् ।
अख्तियारका अनुसार सो अवधिमा २३४ जना जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यसरी अख्तियारले मुद्दा दायर गरिएकामा जननिर्वाचित ७१ जना, मनोनीत १६३ जना रहेका छन् । यसअवधिमा अख्तियारले २ जना लेखापढी व्यवसायी, १ जना बिचौलिया, ५६ जना व्यवसायी र ६०९ जना अन्य व्यक्तिलाई मुद्दा दायर गरेको थियो ।

LEAVE A REPLY