नयाँ बजेट सार्वजनिक, एमाले भने असन्तुष्ट

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो समयसम्मको संसद अवरोधपछि संसदबाट पारित भएका बजेटप्रति सत्तारुढा दल नेपाल कम्युनिष्ट पार्टी९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको रु भन्ने प्रश्न गरी असन्तुष्ट व्यक्त गर्नुभएको छ । अर्थमन्त्री वर्षमान पुनले सदनमा पेश गरेको आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउनु अघि सरकारले सत्तारुढ दलसँग सल्लाह नै नगरी बजेट प्रस्तुत गरेको अध्यक्ष ओलीको आरोप छ । बजेटप्रति नीजि क्षेत्रले भने सन्तुष्टी नै देखाएको छ ।
ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले ल्याएको बजेटमा भएका कमिकमजोरीको खुलेर प्रश्न उठाउन दिएको निर्देशन अनुसार छलफलमा संसदहरुले प्रश्न उठाएका थिए । यस पटकको बजेट सरकारमा सहभागी दलसँग सरसल्लाह गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो तर बिना छलफल ल्याइदा बजेट माओवादी केन्द्रको जस्तो भएको ओलीको आरोप छ । बजेट समाजवाद उन्मुख हुनुपर्नेमा अन्यौलग्रस्त भयो, यस बारेमा गहन रुपा छलफल गर्नुपर्ने ओलीको धारणा छ । बजेट सबैलाई अनुकूल हुने किसिमको हुनुपर्दछ । एउटालाई अनुकूल अर्कोलाई प्रतिकूल हुने किसिमको भयो भने त्यो बजेटप्रतिको कमिकमजोरी भएको ठान्नुपर्छ ।
यता सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने एमालेका अध्यक्ष केपी शर्माओलीले गरेको बजेटप्रतिको टिप्पणीप्रति असन्तुष्ट व्यक्त गरेको छ । एमाले अध्यक्ष ओलीले आफुहरुसँग कुनै छलफल नै नगरी बजेट ल्याएको ओलीको जिकिरलाई माओवादीले अस्वीकार गरेको छ । सांसद र पार्टी सचिव समेत रहनुभएका देवेन्द्र पौडेलले बजेट एमालेसँगको सल्लाहमै आएको दाबी गर्दै बजेटमा क्याबिनेटमा मन्त्रालयहरुबाट आउने योजना नै आउने बताउनुभयो । ‘एक दुईवटा योजना छुटेको भए पनि सल्लाहनै नगरेको भने होइन ।’ सचिव पौडेलको भनाइ छ ।
त्यस्तै, गत आइतबार९जेठ २० गते०देखि दुवै सदनमा भएको बजेट माथिको छलफल आज सकिदै छ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२का लागि जेठ १५ गते ल्याएको बजेट १८ खर्ब, ६० अर्ब रुपैयाँको छ । यो बजेट छलफलमा आएका जिज्ञासाप्रति भोली २३ गते अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ ।
आगामी आर्थिक वर्षको लागि गत आर्थिक वर्षभन्दा केही बढाउँदै सरकारले बजेट ल्याएको छ । ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य र मुद्रास्फ्रति ५ दशमलव ५ प्रतिशतको बान्छित सिमाभित्र रहने लक्ष्य राख्दै अर्थमन्त्री वर्षमान पुनले गत हप्ता संसदको संयुक्त सदनमा आगामी वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् । यो बजेटमा आलु, प्याज, स्याउ, तरकारीमाथिको भ्याट खारेज गरिएको छ । औषधी, इन्डक्सन चुलो, धागो, अगरबत्ती, सेनेटरी प्याण्ड, काजु, बदामको कर कटौती गरिएको छ । यसैगरी मदिरा, चुरोट, पेट्रोलियम पदार्थ, कोइला, विद्युतीय गाडीको करवृद्धि गरिएको छ ।
बजेटको स्रोतमा राजश्व १२ खर्ब ६० अर्ब ३० करोड, वैदेशिक अनुदान ५२ अर्ब ३३ करोड, वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रहेको छ ।

LEAVE A REPLY