निर्वाचनमा सहभागी हुन सबै प्रमुख पार्टी आयोगमा

काठमाडौं । २०८२ साल फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन होला कि नहोला भन्ने संसय प्रकट भइरहेको समयमा विघटित प्रतिनिधि सभामा रहेका सबै १४ दल आम निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार देखिएका छन् । जसका लागि १४ वटै दलले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएका छन्
प्रतिनिधि सभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको लागि निवेदन दिने राजनीतिक दलको संख्या भने सयौं पुगेको छ । प्रतिनिधि सभा पुर्नस्थापनाको वकालत गरिरहेको एमाले र यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव नहुने विचार राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपा दुवैले निर्वाचनमा भाग लिने उद्देश्यले दल दर्ता गराएका छन् । त्यसो त विघटित प्रतिनिधि सभामा पहिलो पार्टी रहेको नेपाली कांग्रेसले चुनावमा भाग लिने निर्णय गर्दै आयोगमा दल दर्ताको निवेदन दिएको हप्ता दिनभन्दा बढी भइसकेको छ । त्यसपछि सबैको नजर प्रतिनिधि सभा पुर्नस्थापनालाई मुद्दा बनाएको एमालेमाथि थियो । उ पनि निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि निवेदन दिँदै निर्वाचन आयोग पुगिसकेको छ।
एमालेका निर्वाचन विभाग प्रमुख नीरज आचार्य एमाले चुनावबाट नभाग्ने बताउछन् । ‘हाम्रो मुख्य मुद्दा संसद पुर्नस्थापना नै हो । त्यसले मात्र निकास दिन सक्छ ।’ उनले भने तर सँगै वैधानिक पार्टी एमाले निर्वाचन आयोगले गर्ने वैधानिक र संवैधानिक प्रक्रियामा स्वभाविक रुपमै भाग
लिन्छ ।’ त्यसो त उनले सरकारले चुनाव गराउन नचाहेको आरोप समेत लगाए । चुनावी वातावरण बनाउन सरकारले ध्यान नै नदिएको उनको भनाई छ ।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले यथास्थितिमा हुने निर्वाचनबाट मुलुकको निकास सम्भव छैन भन्नेमा आफुहरु प्रष्ट हुँदाहुँदै पनि जिम्मेवार प्रजातान्त्रिकदल भएका नाताले निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएको स्पष्ट पारे । प्रजातान्त्रिक दलका लागि प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु बान्छनिय नहुने उनको भनाई छ ।
विघटित प्रतिनिधि सभामा रहेका नेपाल कम्युनिष्ट पार्टी९तत्कालिन माओवादी, एकीकृत समाजवादी सहितका दल एकीकरणपछि गठित रास्वपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टि, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीले भने यस अघि नै दल दर्ताको निवेदन बुझाएका थिए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्न इच्छुक राजनीतिक दलहरुको संख्या उत्साहजनक देखिएको बताए । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नु भनेको निर्वाचन प्रक्रियामा प्रतिस्पर्धाका लागि तयार छन् भन्ने हो । उनले भने–राजनीतिक दलहरुको उत्साहजनक सहभागिताले निर्वाचन गर्नुपर्छ । निर्वाचन हुनुपर्छ भन्ने देखिएको छ ।’ सरकार, आयोग, राजनीतिक दल, युवा पुस्ता र मतदाता सबै तयार देखिएकाले निर्वाचनलाई शंका गर्ने कुनै ठाउँ नरहेको भण्डारीले बताए । विगतमा चुनाव बहिष्कार गर्ने वा चुनाव विथोल्ने प्रयासमा लागेका शक्तिहरुपनि यस पटक चुनावी प्रक्रियामा आएको उनले उल्लेख गरे । यस अघि निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्दको दलले निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि आयोगमा निवेदन दिइसकेको छ । चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीमाओवादी आयोगमा दर्ता भइसकेको छ ।
यसरी हेर्दा बिचमा कुनै अन्यथा नभएमा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुने पक्कापक्की रहेको छ ।

LEAVE A REPLY