पोस्ट ग्रेजुएट गर्ने सीट नीजीलाइ भन्दा सरकारीलाइ केहि बढी दिने निर्णय भयोःमन्त्री महावीर पुन

काठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा नीजीलाई भन्दा केहि बढी सरकारीलाई दिने निर्णय भएको बताउनु भयो ।
आईतवार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेकोथियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बैठकमा पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थी कुन कलेजलाई कति सिट दिने भन्नेबारे छलफल भएको र छलफबाटै त्यस्तो निर्णय गरीएको र यस निर्णयबाट सबै खुशी भएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘चिकित्सा शिक्षा आयोगको बैठकमा पोस्ट ग्रेजुएट पढ्ने विद्यार्थीहरुको कुन कलेजलाई कति सिट दिने भन्नेकुरामा छलफल भयो । करिव सरकारी कलेजलाई हजार भन्दा अलि बढी र निजीलाई हजार भन्दा अलिकति कम सिट विभाजन गरिएको छ । माथि बसेर त्यत्रो सिट तोकियो त्यो पनि काम नै हो । सहभागीहरु सबै खुशी छ । सबैलाई सिट संख्या पुग्यो रे । सबै खुशी छन् ।’

LEAVE A REPLY