अतिक्रमित भएका सरकारी जग्गा खोज्ने जिम्मवारी त्रितालको काँधमा

काठमाडौं । ललिता निवासको जग्गा खोज्न सफल भएका पूर्वसचिव शारदा प्रसाद त्रिताललाई त्रिविविको एक हजारभन्दा बढी अतिक्रमित जग्गा खोज्ने जिम्मेवारी शिक्षा मन्त्रालयले दिएको छ । जिम्मेवारी आफ्नो काँधमा परेसँगै पूर्वसचिव शारदा प्रसाद त्रितालले आफ्नो संयोजकत्वमा समिठि गठन गर्नुभएको छ । समितिमा पूर्व सहसचिवद्वय महेन्द्रकुमार थापा, जानकी बल्लभ अधिकारी, त्रिविका विज्ञका रुपमा डा।प्रेमसागर चापागाँई सदस्य रहेका छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशिला अधिकारी सदस्य सचिव रहेका छन् ।
त्रिविविको कीर्तिपुर र नैकापमा रहेको एक हजार बढी रोपनी जग्गा अतिक्रमणमा पर्दै आएको
बताइन्छ । यो जग्गाको सहि खोज पनि त्रिताल नेतृत्वको समितिले गर्ने विश्वास गरिन्छ । त्रिताल बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलन सम्बन्धी छानबिन समिति २०७५ का संयोजक समेत हुनुहुन्छ । त्रितालले त्रिविको जग्गा जमिन भवनको लगत उपयोग संरक्षण र व्यवस्थापन सम्बन्धमा विद्यमान अवस्थाको पहिचान पनि त्रिताल नेतृत्वको समितिले गर्ने शिक्षा मन्त्री सुमना श्रेष्ठले बताउनुभयो ।
जग्गा संरक्षण, प्रयोग, व्यवस्थापन, उपयोग र पूर्वाधार निर्माणका सम्बन्धमा गर्नुपर्ने तत्कालिन र दीर्घकालिन कार्यहरुबारे सुझाव दिन कार्यादेश पाएको समितिले ३ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने शिक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय त्रिवि केन्द्रीय कार्यालय परिसरको जग्गा अतिक्रमण र कब्जा गरी भोग चलन गर्ने प्रवृत्ति बढ्दै गएको बताइन्छ । विशेष गरी विभिन्न सरकारी तथा गैरसरकारी, नीजि संघसंस्था, व्यक्तिदेखि त्रिविकै प्राध्यापक, कर्मचारीले समेत मनोमानी रुपमा त्रिविको जग्गा भोगचलन गर्दै आईरहेको बताइन्छ ।

LEAVE A REPLY