ट्रम्प इतिहासकै पहिलो दोषी ठहर

U.S. President Donald Trump and Prime Minister Erna Solberg of Norway, held a joint press conference in the East Room of the White House, on Wednesday, January 10, 2018. (Photo by Cheriss May) (Photo by Cheriss May/NurPhoto via Getty Images)

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्यूयोर्कको एक अदालतले फौजदारी मुद्दासम्बन्धी अभियोगमा दोषी ठहर गरेको छ । अमेरिकी इतिहासमै कुनै पनि पूर्व वा वर्तमान अमेरिकी राष्ट्रपतिलाई अपराधमा दोषी ठहर गरिएको यो पहिलो पटक हो । आगामी जुलाई
११ मा ट्रम्पलाई सजाय सुनाइने
छ ।
भुक्तानी लुकाउन व्यवसायिक अभिलेखहरुमा किर्ते गरेको ३ वटा अभियोगमा अदालतले उनलाई दोषी ठहर गरेको हो । अदालतले २२ साक्षीसँग लगातार ६ सातासम्म लिएको बयानका आधारमा उक्त ऐतिहासिक फैसला सुनाएको जनाएको छ । ट्रम्पसँग अवैध यौनसम्बन्ध रहेको र सन् २०१६ को चुनावअघि चुप बस्न रकम दिइएको भनिएकी पोर्न स्टार स्टोर्मी डेनियल्ससँग पनि अदालतले बयान लिएको थियो ।
यस मुद्दालाई धाँधलीपूर्ण र अपमानजनक बताउँदै मुद्दाको अध्यक्षता गर्ने न्यायाधीश मर्चनमाथि ट्रम्पले आक्रोश पोखेका छन् । उनले आफू निर्दोष भएको र वास्तविक फैसला चुनावको दिन मतदाताबाट आउने दावी गरे । ट्रम्पका वकिल टोड ब्लान्चेले आफुहरुले जतिसक्दो चाँडो अपिल गर्ने तयारी गरिरहेको बताए ।
ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारी पाएका छन् । जुलाई १५ देखि १८ सम्म पार्टीको महाधिवेशन तय गरिएको छ । उनी अदालतबाट दोषी ठहर भए पनि आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न सक्नेछन् ।

LEAVE A REPLY