गणतन्त्र सर्वानुभूति गर्न सक्ने हुनुपर्छ

मुलुकमा गणतन्त्र आएको १७ वर्ष लागेको छ । गत हप्ता अर्थात जेठ १५ गते गणतन्त्र १७औं वर्ष प्रवेशको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिँदै विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो तर गणतन्त्र दिवस कर्मकाण्डी जस्तो मात्रै हुँदै आएको छ । गणतन्त्र भनेको सबैले अनुभूति गर्न सकिने खालको हुनुपर्नेमा त्यस्तो भएको देखिएको छैन । गणतन्त्र केवल राजनीतिक दल र तिनका नेता कार्यकर्ता र उनका आसेपासेलाई मात्र आएको देखिन्छ । आम जनताको त्याग, तपस्या र बलिदानीले गणतन्त्र आएको भए पनि यो सर्वानुभूति गर्न नसक्ने हुनु विडम्बनापूर्ण छ ।
गणतन्त्रको रसस्वादन सबैले गर्न नपाउँदा जनतामा चरम निराशा बढेर जानु स्वभाविकै हो । जुन लक्ष्य र उद्देश्य लिएर गणतन्त्र घोषणा गरिएको थियो सोही अनुसारको परिणाम आउन सकेन । गणतन्त्र घोषणा भएका बेला जनता जति आशावादी र उत्साहित थिए अहिले त्यतिनै रुपमा निराशावादी र हतोत्साही देखिन थालेका छन् । के यही हो त गणतन्त्रको वास्तविक मर्म रु सरकारले जेठ ५ गते देशैभर सार्वजनिक बिदा दिएर हर्षोल्लासपूर्वक दीप प्रज्वलन गर्दा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई बेलुका चुलो बाल्न मुस्किल पर्ने अवस्था छ । अनि केको गणतन्त्रको उल्लास गर्नु रु तेल र मइनबत्तीको दीप प्रज्वलनले मात्र शहिदको सम्मान र आत्माले शान्ति पाउँदैन । गणतन्त्रको वास्तविक मर्म चरितार्थ गर्ने गराउने हो भने गणतन्त्र प्रति आशा र आस्था पैदा हुने मन रुपी दीप प्रज्वलन गर्न सक्नुपर्दछ । तब मात्र गणतन्त्र सर्वानुभूति गर्न सक्ने खालको बन्न सक्छ ।
अहिले जुन राजनीतिक दलले गणतन्त्र ल्याए तिनै दल अग्नि परिक्षामा छन् । परिवर्तनकारी शक्तिहरु विभाजित र विवादित हुँदा गणतन्त्र कमजोर हुने र केही तत्वहरुले गणतन्त्र हटाउने तरखरमा लागेको देखिन्छ । यसप्रति परिर्वतनकारी राजनीतिक दलहरु होसियारी रहन सक्नु पर्दछ । राजतन्त्र फालेर ल्याइएको गणतन्त्रले सर्वानुभूति गर्न सक्ने परिवर्तन ल्याउन सक्नुपर्छ । देशका आम नागरिकले गणतन्त्र आएको महसुस गर्न सक्नुपर्ने थियो तर महसुस गर्न सकिरहेको छैन । गणतन्त्र आए पछि केही राम्रा काम नआएका त होइनन् तर जनताले आशा गरे जति काम भने हुन सकेनन् । रोजगारी, आत्मनिर्भरता र देश विकासका काममा मुलुकले गति लिन नसकेकै हो । यसप्रति कुनै शंका
छैन ।
लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷६३ को भावना अनुरुप नेपालको अन्तरिम संविधान २०६३ कार्यन्वयनमा आएसँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो, नेपालको संविधान सभाले वि।सं। २०६५ साल जेठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्यो । त्यो भने सर्वस्वीकार्य र सराहनीय रह्यो । जुन नेपालका लागि गौरवको विषय भएको छ । गणतन्त्र स्थापना भई नेपालमा संविधान जारी भए पनि आजसम्म जति कानून निर्माण र कार्यान्वयन हुनुपर्ने थियो त्यति हुन सकेको छैन । यसको मुलकारण राजनीतिक दलहरुको आन्तरिक खिचातान िर झगडा नै हो । त्यसैले दलहरुले निकास निकालेर जनताका काममा लाग्नुपर्छ ।

LEAVE A REPLY