पौडेल पक्षको समानान्तर भेला, संस्थापन पक्षले गर्यो कारबाही एकीकृत समाजवादीको १०औँ महाधिवेशन नजिकिँदै गर्दा युवा संघभित्र विवाद चर्किएको छ।। विवाद चर्किँदै जाँदा समानान्तर कमिटी र कारबाहीसम्म पुगेको छ।
असन्तुष्ट पौडेल समूहले शनिबार काठमाडौंमा राष्ट्रिय भेला गरेर नेतृत्व तोकेका छन्। पौडेल समूहले संयोजक नितेश पौडेल र सहसंयोजक फुर्वा लामालाई तोकेका छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालसँग सल्लाह गरेरै भेला गरिएको पौडेल पक्षका एक नेताले बताए।
युवा संघको संस्थापन पक्षले कारबाही गरेको छ। संयोजक विकको अध्यक्षतामा शनिबार बसेको आकस्मिक कार्यालय बैठकले सहसंयोजक पौडेलसहित कार्यालय सदस्य रोशन थापालाई कारबाही गरेको छ।
प्रेम प्रधान, फुर्वा लामा, प्रेमा लामालगायतलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको कार्यालय सदस्य सुशील भट्टराईले जानकारी दिए।
संघका पूर्वउपाध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य हस्त शाही अवैधानिक भेलामा उपस्थित समानान्तर कमिटी घोषणा गरेकोमा पार्टी केन्द्रीय कमिटीलाई कारबाही गर्न संघले माग गरेको छ।








